FAQs Complain Problems

समाचार

आ. व. ०७४।०७५ को कर संकलन मा धैरै योगदान गर्ने दुई वडालाई सम्मान ।

०७५, मङ्सिर ४ ।

 यस गाउँपालिका अन्तर्गत आ. व. ०७४।०७५ को कुल आन्तरिक आयमा सबैभन्दा धेरै योगदान पुर्‍याउने दुई वडा होश्राङ्दी(१ नं वडा) र लुंखू(५ नं वडा ) लाई सम्मान गरिएको छ । वडा नं १ होश्राङ्दी वडा कार्यालयले लक्ष्यको तुलनामा सबै भन्दा बढि (१४२ प्रतिशत) लक्ष्य हासिल गरेको थियो भने लुंखु (वडा नं ५) वडा कार्यालयको योगदान सबैभन्दा धेरै (कुल आन्तरिक आयको ३२% ) रहेको थियो । दुबै वडालाई हार्दिक बधाईका साथ प्रशंसा पत्र प्रदान गरिएको छ ।

गाउँपालिकाले आगामी दिनहरुमा त्यस कार्यालयहरुबाट अझ उत्कृष्ट कार्य सम्पादनको अपेक्षा गर्दछ । 

आर्थिक वर्ष: