FAQs Complain Problems

समाचार

बालाकोट वडा महाशिलाको पहिलो गाजाँ रक्सी जुवा तास नियन्त्रित क्षेत्र घोषित

२०७५ असोज ८ गते । "गाजा रक्सी जुवा ‍तास गर्छ यसले सर्वनास" भन्ने मुल नाराका साथ महाशिला गाउँपालिकाले सुरु गरेको महाशिला भरी गाजाँ रक्सी जुवातास नियन्त्रण गर्ने कार्यक्रम महाशिला -०३ बालाकोट वडा  बाट सुरु भएको छ। २०७५ असोज ८ गते भएको घोषणा कार्यक्रममा पर्वत जिल्ला बाट निर्वाचित संघिय संसदका माननिय सांसद श्री पदम गिरी ज्यूले बालाकोट बासीलाई गा‍‍जाँ रक्सी जुवा तास नियन्त्रण गर्छौ भनि सपथ खुवाएर बालाकोट लाई गाजा रक्सी जुवा तास नियन्त्रण क्षेत्र घोषणा गर्नु भयो । उक्त कार्यक्रममा जिसस पर्वत का प्रमुख श्री मनोहर बि पौडेल, गाउँपालिका अध्यक्ष श्री राजु प्रसाद पौडेल , उपाध्यक्ष श्री हिरा कुमारी राना लगायत महाशिला गा पाका अन्य जनप्रतिनीधिहरु, कर्मचारीहरू, पत्रकारहरु, बिभीन्न राजनिति दलका व्यक्तित्व लगायत बालाकोट बासीको उल्लेखिय उपस्थित रहेको थियो । कार्यक्रममा माननिय सांसद श्री पदम गिरी ज्यू लगायत अन्य अतिथीगणहरुले गाजा, रक्सी, तास लाई खाल्डोमा पुरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।  

आर्थिक वर्ष: