FAQs Complain Problems

समाचार

महत्वकांक्षी निर्णयका साथ महाशिला गाउँपालिकाको पाचौँ गाउँसभा सम्पन्न ।

०७५ फागुन १२।

महाशिला गाउँपालिकाले आफ्नो पाचौँ गाउँ सभा सम्पन्न गरेको छ । उक्त गाउँसभाले चालु आर्थीक वर्षको अर्धवार्षिक समिक्षा गरिको छ  भने बिभिन्न योजनाहरुको बजेट संसोधन समेत गरिएको छ । डि. पि. आर. तयार भईसकेको महाशिला गाउँपालिकाको मुख्य सडक पिच गर्ने उद्देशका साथ उक्त सभाले लुंखू कोल्यारी सडक खण्डलाई बहुवर्षिय योजनाको रुपमा पक्की सडक निर्माण गर्ने निर्णय गरेको छ । साथै महाशिला अर्थाल (मेल ढुङ्गा)को धार्मिक पर्यटन विकासको लागि इच्छापत्र माग गर्ने निर्णय गरेको छ ।

खेत बारी बाँझो राखी कृषिमा बढेको खाद्य परनिर्भरतालाई हल गर्ने तथा व्यवसायिक कृषि खेति गर्ने अभिप्रायले महाशिला गाउँपालिकामा रहेको  बाँझो  जमिनलाई बिभिन्न खेति गर्ने प्रयोजनको निमित्त उपभोग गर्ने उद्देश्यले गाउँपालिकाले श:शुल्क वा निशुल्क जग्गा प्राप्तीको लागि आह्वान गर्ने निर्णय गरेको छ । यसका साथै स्थानिय रोजगारीलाई प्रोत्साहन  दिन गाउँपालिकाको बिभीन्न योजनामा श्रम मुलकका कामलाई प्राथमिकता दिने निर्णय गरेको छ । 

आर्थिक वर्ष: