FAQs Complain Problems

समाचार

पोखरामा ज्येष्ठ नागरिक सेवा प्रवाह कार्यक्रम

०७५ पौष १ गते ।

महाशिला गाउँपालिकाले पोखरा क्षेत्रमा अस्थायी रुपमा बसोबास गरेका ज्येष्ठ नागरिकहरुलाई  मध्यनजर गरी पोखरामा नै गई शिविर सञ्चालन गरेको छ । उक्त शिविर मार्फत ज्येष्ठ नागरिकहरुले ज्येष्ठ नागरिक परिचय पत्र र सामाजिक सुरक्षा भत्ताको लागि बैंक खाता सञ्चालनार्थ खाता खोल्नको निमित्त विवरण हरु संकलन गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलले गाउँपालिकाले हाल गरिरहेका विकासका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने आगामी कार्य योजना बारे राय सल्लाह तथा सुझावहरू संकलन गरिएको थियो । सोहि कार्यक्रमको अवसरमा महाशिला पोखरा सम्पर्क समाज समिति गठन गरिएको छ भने यस समाजले महाशिला को विकासमा कसरी सहयोग गर्न सक्छ भने कुराम छलफल गरिएको थियो ।

आर्थिक वर्ष: