FAQs Complain Problems

समाचार

नेपाली नागरिकता प्रमाणपत्र वा प्रतिलिपि सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजात हरू के के हुन?

नेपाली नागरिकता प्रमाणपत्र वा प्रतिलिपि सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने  कागजात हरू निम्नानुसार छन :

  • निवेदन पत्र र आमा / बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • विवाहित महिलाको हकमा पति / आमा / बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थिको हकमा )
  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहिताको  हकमा)।
  • बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ।
  •  दुवै कान देखिने पासपोर्ट साईको फोटो २ प्रति ।
  •  कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
  •  प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।