समाचार
ग्यालरी
महाशिला गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशन सफलता पुर्वक सम्पन्न भएको छ ।
१६ औं अधिवेशनले गाउँपालिकाको आ.व २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम, आ.व २०८१/८२ को बार्षिक बजेट , विनियोजन बिधेयक-२०८१, आर्थिक बिधेयक-२०८१ सर्बसम्मतले पारित गरेको छ ।
गरिमामय गाउँसभाको अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण गाउँसभा सदस्यज्युहरु , कर्मचारी साथिहरु, संचारकर्मी तथा सम्पुर्ण सरोकारवाला महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।
असार १०, २०८१
महाशिला गाउँपालिकाको आ.ब.२०८०/०८१ काे नीति तथा कार्यक्रम एवं बजेट निर्माणको चरणमा शिक्षाको गुणस्तर अभिवृद्धि, पुर्वाधार विकास एवं कृषि क्षेत्रकाे उत्पादकत्व वृद्धि लगायतका प्राथमिकता प्राप्त क्षेत्रमा रचनात्मक र सिर्जनात्मक सुझावका लागि पालिका स्तरीय प्रमुख राजनैतिक दल, पूर्व जनप्रतिनिधि, पेशागत संघ संगठन साथै बुद्धिजीविहरुको उपस्थितिमा सम्पन । उपस्थित भइ रचनात्मक तथा सिर्जनात्मक सुझाव प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यबाद ।
महाशिला गाउँपालिका पर्वतलाई आज२०८०।०१l२७ गते पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक श्री ईश्वरि प्रसाद भुसालको अध्यक्षता र जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री बिष्णु राम बि.क.को प्रमुख आतिथ्यतामा कार्यक्रम घोषणा गरियो ।
महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बालाकोटमा जिल्ला अदालत पर्वतका मा. न्यायधिस श्री आनन्द प्रसाद श्रेष्ठ ज्यू लगायतको टोलीले महाशिला गाउँपालिका न्याायीक समितिको अनुगमन निरीक्षण गर्ने कार्य सम्पन्न भयो ।