समाचार
स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम
२०७५ जेष्ठ २२ गते। आज यस महाशिला गाउँपालिकामा स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जि.स. स. पर्वत का प्रमुख श्री मनोहर बि पौडेलको अध्यक्षमा भएको तालिम जिल्ला समन्वय अधिकारी श्री विष्णु प्रसाद भुषालले सहजिकरण गर्नु भएको थियो। तालिममा विकास र बजेट तथा योजना तर्जुमा सम्बन्धी विशेष छलफल गरिएको थियो ।