FAQs Complain Problems

समाचार

छिपहरमाई गाउँपालिका र महाशिला गाउँपालिका बिच महाशिला गापामा अनुभव आदान प्रदान ।

०७५ फागुन १२ गते ।

महाशिला गाउँपालिकामा छिपहरमाई गाउँपालिका, पर्सा र महाशिला गाउँपालिका पर्वत बिच अनुभव आदान प्रदान गरिएको छ । छिपहरमाई गाउँपालिकाका अध्यक्ष श्री मनोज कुमार गुप्ताको टोलि र महाशिला गाउँपालिकाका अध्यक्ष श्री राजु प्रसाद पौडेल सहितको टोली बिच स्थानिय तहको विकासको लागि गरेका कामको अनुभव आदान प्रदान गरिएको थियो। बिशेषगरी महाशिला गाउँपालिकाको महत्वकांक्षी योजना "एक घर एक रोजगार" अन्तर्गत महाशिला विकास स्वयंसेवक कार्यक्रमको बारेमा महाशिला अध्यक्ष राजु प्रसाद पौडेलले छिपहरमाई गाउँपालिकाको टिमलाई आफ्नो योजनाको बारे जानकारी र सल्लाह सुझाव दिनुभएको थियो । यस लगायत गाउँपालिकाको अन्य योजना तथा जानकारीको बारेमा अनूभव र आफ्ना भावी योजना बारे जानकारी गराउनुभएको थियो ।

आर्थिक वर्ष: