FAQs Complain Problems

समाचार

महाशिला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ

२०७६ असार २ गते ।

महाशिला गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको एक कार्यक्रमका बिच शुभारम्भ गरेको छ । महाशिला गाउँपालिका वडा नं ५  स्थित लुंखू देउराली बजारमा  २२ जना युवालाई सडक संरक्षण लागी ३० दिने रोजगारी दिदै कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको अध्यक्ष वडा नं ५ का वडाध्यक्ष जिवन विक्रम उचैले गर्नु भएको थियो भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलको उपस्थिति  रहेको थियो । साथै प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्री  लगायत अन्य कर्मचारीहरू सू. प्र अधिकृत शान्त पौडेल, स. ई रमाकान्त पौडेल, क. अ. रमेश प्रसाद शर्मा र  अन्य जन प्रतिनिधिहरु लगयात स्थानियको उपस्थिति समेत रहेको थियो भने कार्यक्रम संचालन रोजगार संयोजक हरि अर्यालले गर्नु भएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै गापा अध्यक्ष  राजु प्रसाद पौडेल ले  श्रमको सम्मान गर्दै वेरोजगार नागरिकलाई रोजगार सँग जोड्ने बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष ज्यूले महाशिला ले सुरु गरेको महाशिला विकास स्वयंसेवक कार्यक्रम आज राज्यले सुरुवात गरेकोमा आफुलाई गर्व रहेको बताउनु भएको थियो । काम सानोतिनो नभनी विदेशमा गएर गर्नुपर्ने काम यहि देशमा आफ्नै ठाउँमा गर्न पाउदा सबैले गर्वको महसुस गर्नु पर्ने कुरा उल्लेख गर्नु भएको थियो । यस कार्यक्रममा महाशिला गाउँपालिकाले महिला लाई प्राथमिकता दिएको जानकारी समेत गराउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत महाशिला गाउँपालिकामा ९०५ जनाले फाराम भरेका थिए भने प्रारम्भिक चरणमा १०४ जनाले रोजगारी पाएका छन । उक्त कार्यक्रम अन्तर्गत यस  चालु आ. व. मा रू १७ लाख को बजेट शसर्त अनुदान मार्फत गाउँपालिकालाई आएको थियो ।

 

आर्थिक वर्ष: