समाचार
कृषकहरुमा खुशिको क्षण, स्थानिय दुध संकलन गरी बजारीकरण गर्न दुध संकलन केन्द्र को स्थापना
महाशिला गाउँपालिका र हेफर इन्टरनेशनल को प्राबिधिक सहयोगमा महाशिला सामाजिक महिला उद्द्मी सहकारी महाशिला वडा नं ५ को ब्यबस्थापनमा किसान हरुले उत्पादन गरेको दुध र दुग्ध जन्य पदार्थ संकलन गरी बजार पठाउने उद्देश्यले महाशिला गाउँपालिका वडा नं ५ मा दुध संकलन केन्द्र स्थापना गरीएको छ । दैनिक ५०० लिटर दुध संकलन गर्ने लक्ष्य यस संकलन केन्द्रले राखेको छ । पहिले घर–घरमा दूध पुर्याउँदै हिँडेका किसान अहिले एकैठाउँमा दूध पुर्याउने र एकैपटक एकैठाउँबाट धेरै पैसा बुझ्न पाउने भएपछि स्थानियको आर्थिक स्थितिमा सूधार आउने अनुमान गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलको रहेको छ ।