समाचार
प्रधानमन्त्रीको चासोको बिषय महाशिलाको फलामखानी, आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुने प्रतिबद्धता

नेपाल सरकार उद्योग मन्त्रालय खानी विभागको आयोजनामा इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ मा महाशिला गाउँपालिका-५ र ६ मा अवस्थित फलामखानीको फलाम मिश्रित ढुङ्गा प्रदशनीमा राखिएको छ। नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले उद्घाटन गर्नुभएको उक्त एक्स्पोमा महाशिलाको को फलामखानीको बिषयमा निकै चासोको पुर्वक उहाँले अवलोकन गर्नु भएको थियो । अागामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि फलामखानीको अनुसन्धान र उत्खनन समेटिएको हुदाँ यस फलामखानीको उत्खननको बिषयमा महाशिला गाउँपालिका निकै उत्साहित रहेको छ। प्युठाने बन्दुकको नाल र पर्वत स्थित मोदिखोलाको पुलको लठामा समेत यस्को प्रयोग गरिएको कुरा पनि सम्माननिय प्रधानमन्त्रीलाई उक्त एक्स्पोमा जानकारी गराईएको थियो । साथै मन्तव्यको क्रममा उहाँले यसको सम्भाव्य अध्ययन र उत्खननको लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुने प्रतिबद्धता समेत गर्नु भएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    