FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

लमाएखोला ‍-चिर्दीखोला‍- कुर्घा- दुक्तान‍- लुङ्खु देउराली बसपार्क सम्म को सडक कालोपत्रे गर्नको लागी अन्तिम सर्बे काम शुरुआत

ग्रामीण सडक संजाल कार्यक्रम नेपाल सरकार संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय स्थानीय पुर्बाधार बिकास तथा कृषि सडक बिभाग अन्तरगत एशियाली बिकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा लमाएखोला ‍-चिर्दीखोला‍- कुर्घा- दुक्तान‍- लुङ्खु देउराली बसपार्क सम्म को सडक कालोपत्रे गर्नको लागी अन्तिम सर्बे का

बादर नियन्त्रणको लागि सम्झौता

कास्कीको रुपा गाउँपालिकाको कार्यलयमा महाशिलाको तर्फबाट अध्यक्ष श्री राजु प्रसाद पौडेल ज्यु र बादर नियन्त्रण गर्नेको तर्फ बाट श्री आलम को बिचमा रुपा गाउपालिका का कार्यकारी अधिकृत लगायत को उपस्थितिमा दुबै पक्षको बिचमा सम्झौता गरी र वाँदर व्यवस्थापनको कार्य अगाडि बढेको छ ।

आ. व. ०७५ ।०७६ को निति तथा बजेट तथा कार्यक्रम पारित

आज मिति २०७५ असाार २३ गते बसेको गाउसभा बैठकमा मिति २०७५ असार १० गते प्रस्तुत भएको आ. व. २०७५।०७६ को महाशिला गाउँपालिकाको निति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम पारित गरिएको छ ।  

निति तथा कार्यक्रम डाउनलोड गर्न तलको लिङ्कमा click गर्नुहोस ।

कृषकलाई उन्नत जातको घास वितरण

कृषक लाई उन्नत जातको मुलाटो, सेटेरिया र मठ नेपियर घास को विरुवा वितरण गरिदै

गाउँपालिकाको कृषक समुह लाई मिनि पावर टेलर हाते ट्याक्टर वितरण

कृषिमा आधुनिकरण यान्त्रिकरण गर्दै कृषि उत्पादनमा बिकास गर्ने व्यावसायिक उत्पादन लाइ प्रोत्साहित गर्ने कृषि उत्पादन मा गाउपालिका लाइ आत्मनिर्भर बनाउने लगायत विभिन्न उदेश्यले महाशिला गाउँपालिका ले २४ कृषक समुह गठन गरि मिनि टेलर हाते ट्याक्टर अनुदानमा बितरण गरेको छ । कूल रु ५४ हजार मूल्य पर्ने यान्त

आ. व. ०७५ ।०७६ को बजेट निति तथा कार्यक्रम पेस

असार १० गते बसेको गाउँसभामा आ. व. ०७५।०७६ को बजेट निति तथा कार्यक्रम पेश भएको छ । साथै आर्थिक ऐन र विनियोजन ऐन पनि पेश गरिएको छ र यहि असार २०७५/०३ /२३ गते दिउँसो ११:३० सम्मका लागी स्थगित गरिएको छ ।

फलफूलको विे‍रुवा वितरण गरिदै

महाशिला गा. पा. को कृषि लाई व्यावसायीकरण गर्ने निति अनुरुप गाउँपालिका भित्रका कृषकहरु १०,५०० सुन्तला को बिरुवा र ४५०० कागतिको विरुवा वितरण गरिएको छ ।
तस्विर: ३ नं वार्डमा वितरण गर्दै

 

कृषकलाई उन्नत जातका बोका बितरण

गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्ट्रेलियाली उन्नत जातको बोयर जातको बोका बितरण गरेको छ । गाउँपालिका भित्रका तपसिल ८ वटा बाख्रापालक समूहलाई एक÷एक वटा बोका बितरण गरिएको छ ।

बाँदर नियन्त्रण गर्न ३० लाख !

पर्वत — बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

Pages

//