महाशिला गाउँपालिकाको एक मात्र प्राथमिक स्वास्थ केन्द्र लुंखू प्राथमिक स्वास्थ केन्द्रमा रहेको एम्बुलेन्स सञ्चालनमा आएको छ । करिब ६ महिना देखि एम्बुलेन्समा समस्या आएर बन्द रहेको सो सेवा हाल मर्मत तथा सम्भार गरे पछि सञ्चालनमा आएको छ ।
महाशिला -५ लुंखू प्राथमिक स्वास्थ केन्द्रमा बन्द भएको X-ray सेवा पुन: सञ्चालनमा आएको छ । मुसाले हानि नोक्सानी गरी बन्द भएको X-ray सेवा स्वास्थ मन्त्रालयको सहयोगमा आधुनिक मेसिन ल्याई सेवा सुचारू भएको छ ।